images
images
  • लुम्बिनीकी बिना विभागीय मन्त्री केसीले दिइन् राजीनामा

    काठमाडौं- लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उनले राजीनामा दिएकी हुन् ।

    शपथ ग्रहण गरेको एक महिनासम्म जिम्मेवारी नतोकिएकी केसीले मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

    नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसी राजीनामा दिएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

    शपथ ग्रहण गरेको एक महिनासम्म जिम्मेवारी नतोकिएकी केसीले मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

    मन्त्रालय बाँडफाँड र अब तोकिने जिम्मेवारीमा केसी असन्तुष्ट रहेको बताइएको छ । उनलाई भौतिक पूर्वाधार मन्त्रालय चाहिएको, उनको जिम्मेवारीमा आन्तरिक मामिला मन्त्रालय पर्ने भएपछि उनी असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।

    भोलि लुम्बिनीमा नवनियुक्त मन्त्रीको शपथको तयारी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images