काठमाडौं- ललितपुर महानगरपालिकाका स्थानीयबासीहरुले अब आइएमई पेमार्फत कर तिर्न सक्ने भएका छन्।जसका लागि आइएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सम्झौता अनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आइएमई पेको प्रयोग गर्ने बताइएको छ।सो सेवा आइएमई पे एपमा लाइभ भएपछि ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने घरबहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्ने आइएमई पेले जनाएको छ।
सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन्।नेपाल सरकारको घोषित डिजिटल नेपाल अभियानमा स्थानीय तहको सरकारसँग सहकार्य गर्न पाउँदा आइएमई पेले खुसी व्यक्त गरेको छ।
महानगरपालिका मेयर चिरिबाबु महर्जनले विभिन्न क्षेत्रका विज्ञहरूलाई आफ्नो सल्लाहकारमा मनोनयन गरेका छन् ।जनप्रतिनिधिसँग सबै क्षेत्रको ज्ञान नहुने भएकाले विज्ञको सुझाव लिएर काम गर्न सल्लाहकार मनोनित गरेको मेयर महर्जनले बताए ।
‘महानगरको श्रीवृद्धिका लागि यहाँहरूको योगदान महत्वपूर्ण हुने विश्वास लिएको छु’ उनले भने ।
महानगरका अनुसार भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एन्सेट) विपद् जोखिम न्यूनीकरण गर्ने विज्ञ संस्था, मदनलाल न्याछ्यो अमूर्त सम्पदा विज्ञ, लोकबहादुर खड्का शिक्षा सल्लाहकार, दिलेन्द्रराज श्रेष्ठ पर्यटन विज्ञ, डा. रोहित रञ्जितकार सम्पदा सल्लाहकार, पदमकृष्ण श्रेष्ठ खेलकुद सल्लाहकार, पद्मसुन्दर जोशी परम्परागत पानी व्यवस्थापन विज्ञ, रिद्धिबाबा प्रधान समाजकल्याण विज्ञ, डा. तारामान अमात्य जनस्वास्थ्य विज्ञ, प्रा.डा. पुष्पमान अमात्य वनस्पति विज्ञ, डा. मदनकुमार पिया अर्बुद रोग विज्ञ र तीर्थमान शाक्य प्रशासन विज्ञका रुपमा मनोनित भएका छन् ।


विश्व खबर 



















