images
images
  • मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: विदेशी सञ्चिति रकम लक्ष्यभन्दा बढी (पूर्णपाठ)

    काठमाडौ- नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार लक्ष्यभन्दा बढी विदेशी विनिमय सञ्चिचि रकम रहेको जनाएको छ ।

    कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेगरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्यमा रहेकामा गत पुस समान्तसम्ममा ९।१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको समीक्षापत्रमा उल्लेख छ ।

    व्यवसायीले २ करोडसम्मको कर्जालाई आगामी असारसम्म पुन:संरचना गर्न सकिने भएको छ।

    राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत ०७९ पुस मसान्तमा सक्रिय वर्गमा रहेको २ करोडसम्मको कर्जालाई २०८० असार मसान्तभित्र पुनस्संरचना गर्न पाइने व्यवस्था गर्ने भएको हो।

    व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी पुनस्संरचना तथा पुनस्तालिकीकरण गर्न पाउने व्यवस्था गरिएको छ।

    ‘साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सक्रिय वर्गमा रहेको २ करोडसम्मको कर्जालाई उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था मिलाइनेछ,’ मौद्रिक समीक्षामा उल्लेख गरिएको छ।

    मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पूर्णपाठ :

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/02/mudra-2.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images