images
images
  • प्रतितोला १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य शुक्रबार प्रतितोला १३ सय रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला एक सय रुपैयाँ बढेको थियो

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लोदिन तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो। शुक्रबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ भने बिहीबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images