images
images
  • सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार

    काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला २ सयले बढेको छ।

    अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४ हजार ८ सय तोकिएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३ सय छ। यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार १ सय थियो।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले घटेर १ हजार ३ सय १५ तोकिएको महासङ्घले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images