images
images
  • नेप्सेमा झिनो अंकले सुधार, १ अर्ब ४७ करोडको सेयर किनबेच

    काठमाडौं- सोमबार सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको छ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४ दशमलभ ५७ अंकले बढ्दै २१ सय दशमलभ ६५ विन्दुमा उक्लिएको हो । अघिल्लो दिन १ दशमलभ ५४ अंकले नेप्से वृद्धि भएको थियो ।

    यसदिन १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ बराबरको ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच भएको छ ।

    डेभलपमेन्ट बैंक समूह, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने बैंकिङ होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक आज धनात्मक भएका छन् ।

    आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज लक्ष्मी विकास बैंकको ऋणपत्रको मूल्यमा ९.५८ प्रतिशतले गिरावट आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images