images
images
  • नेप्सेमा सामान्य अंकको वृद्धि, १ अर्ब ९३ करोडको कारोबार

    काठमाडौं- सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसूचक १।५४ अंकले बढेर २०९६।०८ विन्दुमा पुगेको हो।

    सेन्सेटिभ इण्डेक्स १.८९ अंकले बढेको छ।

    यसदिन २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता सेयर १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रूपैयाँमा खरिदबिक्री भयो।

    आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

    कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। यो कम्पनीको ६ करोड ४४ लाख रूपैयाँमा सेयर किनबेच भयो।

    यस्तै ५ अर्ब ८५ करोड बढिको सेयर कारोबार गरी एनआईसी एसिया दोस्रो स्थानमा रह्यो भने र ५ अर्ब ७४ करोड मूल्यको सेयर कारोबार गरी नविल बैंक तेस्रो स्थानमा रह्यो।

    कारोबारमा आएका १३ उपसमूहमध्ये ८ को मूल्य बढ्यो भने ५ को घट्यो।

    फाइनान्स समूहको सूचक सर्वाधिक १.६१ प्रतिशतले बढ्यो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images