images
images
  • सुनको मूल्यमा ठुलो उतारचढाव, फेरि १४ सयले घट्यो

    काठमाडौं- हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्यमा शुक्रवार एकै दिन १४ सय रुपैयाँले गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्दै १ लाख ६ हजार एक सय रुपैयाँमा झरेको हो ।

    बुधबार १ लाख ६ हजार ३ सय रुपैयाँ प्रतितोलाबाट सुन एकैपटक १२ सय रुपैयाँले बढेको थियो।

    यस्तै आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै घट्दै १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३० रुपैयाँले घट्दै आज प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images