images
images
  • नेप्सेमा २२ अंकको गिरावट, कारोबार रकम २ अर्ब ९ करोड बढी

    काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा घटेको छ । बिहीबार नेप्से परिसुचक २२.१२ अंकले ओरालो लागेर २०९४.५४ विन्दुमा आएर रोकिएको छ ।

    बुधबार नेप्से परिसुचकमा ४.९७ अंकले वृद्धि भएकोे थियो ।  सोही दिन १ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको  थियो ।

    बिहीबार १९ कम्पनीमा उकालो लागेको छ भने १९४ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी स्थिर रहेको छ ।

    बिहीबार २५७ कम्पनीको कारोबार भएको र ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच हुदा  २ अर्ब ९ करोड ६४ लाखको कारोबार भएको छ ।

    स्ट्यान्डर्ड चार्टर्ड बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको करिब १० करोड रुपैयाँको सेयर बिक्री भएको छ। साथै, एनआईसी एशिया बैंकको ५ करोड ५० लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

    आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । सबै उपसूचकहरू राताम्मै भएको छ । सबैभन्दा धेरै जीवन बिमा र हाईड्रो पावरको २ प्रतिशतले मूल्य घटेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images