images
images
  • थुनुवा भागेको घटनामा तीन जना प्रहरी निलम्बित

    धनुषा- धनुषामा हिरासत तोडेर थुनुवा भागेको घटनामा तीन जना प्रहरी निलम्बित भएका छन् ।

    मधेश प्रदेश प्रहरी कार्यालयले ड्युटी अफिसर रहेका असईसहित तीन जनालाई निलम्बन गरेको हो ।

    निलम्बन हुने अन्यमा गार्ड कमाण्डर रहेका हवल्दार र हिरासत कक्षको सुरक्षामा बसेका एक जना सिपाही रहेका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा हिरासत कक्षको पर्खालमा दुलो पारेर ६ जना थुनुवा भागेका थिए ।

    प्रदेश प्रहरी कार्यालयले एसएसपी र जिल्ला प्रहरी कार्यालयले डीएसपीको कमाण्डमा छुट्टाछुट्टै छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images