images
images
  • प्रहरी कार्यालयको पर्खाल फोडेर ६ जना थुनुवा फरार

    धनुषा- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको पर्खाल फोडेर हिरासतमा रहेका ६ जना थुनुवा फरार भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिरासतमा रहेका सात जनामध्ये ६ जना गएराति फरार भएका हुन् ।

    फरार हुनेमा दुई जना हातहतियार, तीन जना शान्ति सुरक्षा र अभद्र व्यवहार, तथा एक जना लागुऔषध मुद्दामा थुनुवा रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

    हिरासतमा एक जना सवारी दुर्घटनाको मुद्दाका थुनुवा मात्र बाँकी छन् । इलाका प्रहरीको भवन पुरानो एवं पछाडिपट्टिबाट जीर्ण रहेकाले फोडेर भाग्न सफल भएको क्षेत्रीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images