काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।
हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा उनीहरुलाई निलम्बन गर्न निर्देशन दिएको हो ।
३ जना पाइलटलाई निलम्बन गर्न निगमलाई निर्देशन पठाएको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
प्राधिकरणको निर्देशनसँगै निगमले ३ जना पाइलटलाई निलम्बन गर्नुपर्छ । त्यसपछि, प्राधिकरणले ती पाइलटहरूलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने निरौलाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















