images
images
  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

    काठमाडौं- राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

    मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । श्रेष्ठलाई प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    यसअघि पनि उनी योजना आयोगकै पूर्वउपाध्यक्ष र नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

    यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा पनि श्रेष्ठले आयोगको उपाध्यक्ष भएर जिम्मेवारी सम्हालेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images