images
images
  • इन्दिराजीको विज्ञतालाई उजागर गरेर उहाँलाई पठाउने निर्णय गर्‍याैँ- सोविता गौतम

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले इन्दिरा रानामगरको विज्ञतालाई उजागर गरेर उपसभामुखको उम्मेदवार बनाएको बताएकी छन्।

    शुक्रबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसद गौतमले यस्तो बताएकी हुन्।

    उनले भनिन्, ‘इन्दिरा रानामगरलाई पठाउने निर्णय गरेका छौँ। उहाँको विज्ञतालाई उजागर गरेर उहाँलाई पठाउने निर्णय पार्टीले गरेको छ। पार्टीले सर्वसम्मति रूपमा निर्णय गरेको हो, अल्पमतमा होइन।’

    गौतमले आफू कुनै पदमा नहुँदा पनि संसदमा बुलन्द आवाज लिएर उभिने बताएकी छिन्।

    ‘केही पनि पदमा नहुँदा पनि संसदमा बुलन्द आवाज उठाउने सोविता गौतम हो भन्ने कुरा यहाँहरूले देख्नुहुन्छ। जनताले दिनुभएको अधिकारको भरपुर उपयोग गर्ने स्थानमा सोविता हुन्छ,’ उनले भनिन्।

    सोविता रानामगरको प्रस्तावक रहेकी छन्। रानामगर समानुपातिक सांसद हुन्। उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा थियो।

    उपसभामुखको उम्मेदवारी दर्ता आज दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म हुँदैछ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images