काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय सदस्य समेत रहेकी सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उमेदवार बनाउने तयारी गरेको छ ।
आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महिला सांसदलाई सभामुखको उमेदवार बनाउने समझदारी जुटेको थियो । त्यसपछि ‘सिनियर’ महिलाबाट न्यौपानेलाई अघि बढाउने तयारी गरिएको हो ।
सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ ।
न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताइन् । छलफल सकिएपछि उम्मेदपवारी दर्ता गर्ने तयारी छ ।
“सभापतिज्यूले सभामुखमा महिला उमेदवार बनाउने तयारी गर्नुभएको छ । सिनियर महिलामध्ये कोही एक बनाउने कुरा छ,” एक पदाधिकारीले भने, “सिनियरमध्येबाट ईश्वरी न्यौपाने हुन सक्नुहुन्छ ।”
यसको औपचारिक निर्णय भने हुन बाँकी छ ।






















