images
images
  • प्रतितोला ६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ।

    सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँले घटेको हो। अघिल्लो कारोबार दिन प्रतितोला एक सय रुपैयाँ घटेको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images