images
images
  • नेप्से ३३.७२ अङ्कले बढ्यो, कारोबार ३ अर्ब ७२ करोड

    काठमाडौं-  शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ७२ अङ्कले बढेर दुई हजार एक सय ८२ दशमलव ११ विन्दुमा पुगेको छ ।

    आज बैंकबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, माइक्रोफाइनान्स, विकास बैंक र होटल समूहको शेयर उच्च अङ्कले बढको छ ।

    बजार बढेको दिन दुई सय ५० वटा कम्पनीका एक करोड १८ लाख ८३ हजार कित्ता शेयर हुदा तीन अर्ब ७२ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको २३ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज ग्रीन भेन्चर्स लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर कम्पनी र आदर्श लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    यस्तै घलेम्दी हाइड्रो, बलेफी हाइड्रो र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
    समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images