images
images
  • कालिन्चोक दर्शन लिमिटेडको ‘आईपीओ’ बिक्री खुला

    काठमाडौं- कालिन्चोक दर्शन लिमिटेडले मंगलबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

    योमध्ये १० प्रतिशत अर्थात् एक लाख आठ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।

    सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार चार सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । केयर रेटिङ नेपालले कालिन्चोक दर्शनलाई ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । आवेदन ६ माघसम्म दिन सकिनेछ ।

    उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भने १७ माघसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम चार हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images