images
images
  • सुनको मूल्य १ लाख ५ हजार बढी

    काठमाडौं- सुन–चाँदीको मूल्य नेपाली बजारमा मंगलबार सामान्य रुपैयाँले घटेको छ। सोमबार प्रतितोला दुई सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला एक सय रुपैयाँले घटेको हो

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

    यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिने सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार चाँदी प्रतितोलाको १४ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images