images
images
  • प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन

    काठमाडौं- प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन्।

    बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको ४५९औं बैठकले सञ्चालक राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मत सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो।

    त्यस्तै, बैंकको पुस २८ गते सम्पन्न १५औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक पद ३ मा राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक पद २ मा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images