images
images
  • यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठ)

    काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-०८० को महिनाको तथ्याङ्कमा आधारित प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

    जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ ।

    यस्तै आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

    विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको छ शोधनान्तर स्थिति रु. ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ ।

    कुल विदेशी विनिमय सञ्चिति रु.१२९२ अर्ब ५६ करोड र अमेरिकी डलरमा ९ अर्ब ८२ करोड रहेको छ भने संघीय सरकारको खर्च रु.४३५ अर्ब २१ करोड र राजस्व परिचालन रु.३२६ अर्ब ८९ करोड रहेको छ ।

    राष्ट्र राष्ट्र बैंकले विस्तृत मुद्रा प्रदाय १.९ प्रतिशतले बढेको जनाउँदै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय ७.४ प्रतिशतले बढेको उल्लेख गरेको छ ।

    बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन २.२ प्रतिशतले बढ्नुका साथै निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको छ । यसैगरी वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.१ प्रतिशत रहेको छ । #प्रशासन

    हेर्नुहोस् यस्तो छ राष्ट्र बैंकद्धारा जारी प्रतिबेदन 

    https://bishwokhabar.com/wp-content/uploads/2023/01/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Five-Months-data-of-2079.80-edited-1.pdf

     

    प्रतिक्रिया दिनुहोस्

    images