images
images
  • २३ प्रतिशतले बढ्यो रेमिट्यान्स, ५ महिनामै भित्रियो ४ खर्बे ८० अर्ब

    काठमाडौं- चालु आर्थिक वर्ष (आव) २०७९/८० वर्षको ५ महिनामा नेपालको रेमिट्यान्स (विप्रेषण आप्रवाह) २३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार साउनदेखि मंसिरसम्म आर्थिक वर्षको पहिलो ५ महिनामा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भएको छ । जस अनुसार रेमिट्यान्स ३ अर्ब ७१ करोड डलर रहेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा यस्तो रकम ६.८ प्रतिशतले घटेको थियो ।

    नेपाल राष्ट्र बैंकका अनुसार पहिलो ५ महिनामा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images