काठमाडौ- सुनको मूल्य पुनः यो वर्ष २०७९ कै सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।
आज छापावाला सुन एक लाख ३ हजार ९ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार चार सय पुगेको छ । अघिल्लो दिन एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला आज पाँच रुपैयाँले घटेर एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ ।
यस अघि बिहीबार सुनको मूल्य एक लाख ३ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ९ सय र चाँदीको मूल्य १३ सय ६० रुपैयाँ थियो । यसअघि पुस २५ गत पनि सुनको मूल्य आजकै बराबर थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















