काठमाडौं- लक्ष्मी बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौंमा बिहीबार सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष (आव) २०७८र७९ को वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ ।
साधारणसभाले आर्थिक वर्ष २०७९र८० का लागि लेखापरीक्षक नियुक्ति समेत गरेको छ ।
आव २०७८र७९ मा १ खर्ब ३९ अर्ब निक्षेप र १ खर्ब ३२ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १ खर्ब ७३ अर्ब रहेको छ ।
आव २०७८र७९ मा १ अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















