images
images
  • नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि, ३४ अर्ब पुग्यो चुक्ता पुँजी

    काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको मर्जरपछि आजदेखि एकीकृत कारोबार सुरु भएको छ । दुई बैंक मर्ज भएर नेपाल ‘इन्भेष्टमेन्ट मेगा बैंक’को नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

    आज ठमेलमा आयोजित एक कार्यक्रममा औपचारिक एकीकृत कारोबार सुरु गरिएको । बैंक एक भएपछि कुल चुक्ता पुँजी ३४ अर्ब १२ करोड पुगेको छ। अब बैंकको निक्षेप रकम ३६० अर्ब र कर्जा लगानी ३ सय २९ अर्ब पुगेको छ।
    कुल शाखा सञ्जाल २९६ हुँदा एटीएम २७९, अतिरिक्त काउन्टर ५९ र ग्राहक संख्या ३० लाख भएको छ।

    केन्द्रीय कार्यालय साबिकको इन्भेष्टमेण्ट बैंकको दरबारमार्ग हुँदै छ। यी दुई बैंक मर्जर सम्झौता हुँदा इन्भेष्टमेन्टको १ सय कित्ता बराबर मेगाको ९० कित्ता हुनेछ।

    मर्जरपछि बैंकको अध्यक्ष इभेष्टमेन्ट बैंकले पाएको छ। जसअनुसार पृथ्वीबहादुर पाँडे अध्यक्ष चयन भइसकेका छन्।

    त्यस्तै बैंकको सीईओ समेत इन्भेष्टमेन्ट बैंकले नै पाएको छ। ज्योति प्रकाश पाण्डे सीईओ भएका छन् भने डेपुटी सीईओमा मेगा बैंकको तर्फबाट महेश शर्मा ढकाल डेपुटी सीईओ हुँदै छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images