रसुवा- नेपालबाट निर्यात खुलेको १५ दिनमा रसुवा भन्सारबाट ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । रसुवा भन्सार कार्यालयकाअनुसार १२ पुसयता नेपालबाट २० वटा गाडीमा ती मूल्यको नेपाली वस्तु चीनतर्फ निर्यात भएको हो ।प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीकाअनुसार नेपालबाट कार्पेट, बाँसको मुडा, नेपाली मूर्ति र माँटाका भाँडाहरु चीनतर्फ निर्यात भएका छन् ।
नेपालबाट वस्तु निर्यात हुँदा भन्सार शुल्क नलाग्ने र प्रज्ञापन शुल्क बापत एक सय रुपैयाँ मात्रै तिरे पुग्ने भन्सार कार्यालयले जनाएको छ ।नेपालबाट वस्तु निर्यात सुरु भएपछि व्यवसायीहरु उत्साहित भएको रसुवा उद्योग वाणिजय संघले जनाएको छ ।संघका अध्यक्ष खिसाङ नोर्वु तामाङले निर्यात सुरु हुनु सकारात्मक भएको बताए । ‘तीन वर्षदेखि रोकिएको निर्यात खुलेसँगै व्यवसायीहरु उत्साहित भएका छन् ।
तर कोभिड(१९ सम्बन्धी प्रोटोकलहरु अझै बाँकी छन्,’ अध्याक्ष तामाङले भने, ‘केरुङतर्फ परम्परागत रुपमा व्यापार गरेर बसेका नेपालीहरु कोभिड(१९ का कारण विस्थापित हुँदा नेपाली वस्तुको चीनतर्फको बजार पहिल्याउन अझै समस्या छ ।’रसुवा नेपालबाट चीनमा वस्तु निर्यातकालागि सजिलो बिन्दु भएको भन्दै उनले चीनतर्फ रसुवाकै उत्पादन निर्यात गर्नेबारे व्यवसानयीहरुसँग छलफल गरिरहेको बताए ।
यता तातोपानी भन्सारबाट भने चीनले निर्यातको कोटा वृद्धि गरेको छ । भन्सार कार्यालयकाअनुसार शनिबारदेखि चीनले तीन वटाबाट बढाएर कन्टेनर संख्या ५ पु¥याएको छ । अहिले चीनबाट तातोपानी नाका भएर स्याउ आयात भइरहेको छ ।‘कन्टेनर भित्रिने संख्या ३ बाट बढाएर ५ पु¥याइएको छ,’ भन्सार अधिकृत दयनन्द केसीले भने, ‘नाकाबाट दुवैतर्फको व्यापार सहजीकरण गर्न चीन सकारात्मक रहेको पाएका अनौपचारिक जानकारी आएको छ ।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले नाका सञ्चालनका लागि पहल गरिरहेको भन्सार प्रमुख केसीले बताए ।


विश्व खबर 




















