images
images
  • पानी माग्दा शिक्षिकाले दिएको स्प्रिट पिएपछि विद्यार्थीको मृत्यु, राजमार्ग बन्द

    धनुषा – विद्यालयमा पानी भनेर स्प्रिट पिएर सिरहामा एक विद्यार्थीको ज्यान गएपछि स्थानीयवासी आन्दोलित भएका छन् । उनीहरूले शिक्षिकाको लापर्बाहीका कारण विद्यार्थीको ज्यान गएको भन्दै आज आइतवार बिहानैदेखि मिर्चैयाको पूर्व–पश्चिम राजमार्ग बन्द गर्दै आन्दोलन गरिरहेका हुन् ।

    मिर्चैया नगरपालिका–३ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्राको मृत्युपछि अहिले प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले ईलाका प्रहरी कार्यालय मिर्चैयामा घेरा हालेपछि ६ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी सुवास बुढाथोकीले बताए ।

    भिड नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड ग्याँस सेल पनि प्रहार गरेको छ । प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ७ जना प्रहरी घाइते भएका छन् । सगरमाथा माविमा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको गएराति मृत्यु भएको थियो । पानी माग्दा शिक्षिकाले दिएको स्प्रिट पिएपछि उनको मृत्यु भएको पीडित परिवार र विद्यार्थीहरुको आरोप छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images