images
images
  • डिभी परेर अमेरिका गएका लामिछानेको हत्या

    काठमाडौं- अमेरिकामा नेपाली मूलका एक पुरुषको बिहीबार राति गोली हानी हत्या गरिएको छ । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोर संचालक (मालिक) भेषराज लामिछानेलाई गोली हानी हत्या गरिएको हो ।

    लामिछाने तनहुँको दमौलीका हुन् । तर उनी आठ वर्ष अघि (सन २०१४) मा डिभी परेर अमेरिका पुगेका थिए।

    बिहीबार राति एक बन्दुकधारीले गोली चलाउँदा उनलाई लागेको हो । र, उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

    ५३ वर्षका लामिछानेमाथि गोली चलाउने अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

    गोली चलाउने अपराधि २६ वर्षका स्वानाथन डि एन्जेलो रहेको त्यहाँको प्रहरीले जनाएको छ। लामिछानेको चार सन्तान रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images