images
images
  • सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- सुनको मूल्यमा एकैदिन आइतबार एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।

    आइतबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर बढेको छ । चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images