images
images
  • मन्त्रिपरिषद्को निर्णय: अर्थ सचिवमा तोयम राया, राजस्वमा घिमिरे

    काठमाडौं- सरकारले अर्थ मन्त्रालयका दुई सचिवको हेरफेर गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा तोयम राय र राजस्वमा रामप्रसाद घिमिरेलाई ल्याएको हो।

    बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायलाई अर्थ मन्त्रालयको सचिवमा ल्याउने निर्णय गरेको हो। उनी अर्थ मन्त्रालका ‘क्याडर’ नै हुन्। उनीसँग आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा अर्थ मन्त्रालयमा काम गरेको अनुभव छ। योभन्दा अघि उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए।

    यस्तै, राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको छ। घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images