images
images
  • आजको मौसम: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं- केही दिन यतादेखि निरन्तर चिसो बढ्दै जाँदा दैनिक जनजीवन समेत प्रभावित हुन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिमाली भू–भागमा हिमपात, पहाडमा वर्षा र तराईमा हुस्सु तथा पहाडमा कुहिरो लग्दा चिसो बढ्दै गएको छ । जसका कारण दैनिक जीवन प्रभावित हुने गरेको विभागको भनाइ छ ।

    देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईमा हुस्सु लागेको छ भने काठमाडौंको आकाश पनि धुम्म छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    शनिबार पनि प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images