images
images
  • सिके रावतलाई काठमाडौंमा कोठा खोज्नै सकस

    काठमाडौं- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् ।

    काठमाडौंमा कोठा खोज्नै गाह्रो भएको उल्लेद गर्दैै सामाजिक सञ्जालमार्फत राउतले आज पनि कोठा खोज्न जान लागेको बताएका छन्।

    ४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट (एक प्रत्यक्ष र पाँच समानुपातिक) जित हासिल गरेकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।

    सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घररडेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन् । ‘काठमाडौं बस्न डेरारघर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन् ।

    उनले घ्याम्पेडाँडास्थित पाइलटबाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँबसौँ लाग्ने ।’

    जनमत सरकारमा गएपनि सिके भने आफू मन्त्री बनेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images