काठमाडौं – बैतडीको सतबाँझ क्षेत्रबाट सुदूरपश्चिम प्रदेशको सर्वोच्च शिखर अपी हिमालसहित आसपासका हिमशृङ्खलाको मनोरम दृश्य देखिन्छ ।
दार्चुलास्थित अपी–नाम्पा संरक्षण क्षेत्रअन्तर्गत पर्ने ७ हजार १३२ मिटर अग्लो अपी हिमालसँगै नाम्पा, व्यास ऋषि, बबई र जेठी बहुरानी हिमालका चुचुराहरू लहरै देखिएका छन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यी हिमशृङ्खलाले नेपाल, भारत र चीनको सीमावर्ती क्षेत्रको भौगोलिक पहिचानसमेत झल्काउँछन् । सतबाँझबाट देखिने हिमालका यी दृश्यले सुदूरपश्चिमको पर्यटन सम्भावनालाई समेत उजागर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















