images
images
  • जलवायु परिवर्तनका मुद्दा साझा चुनौती हुन्ः परराष्ट्रमन्त्री खनाल

    काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरले कुनै देशको सीमा नचिन्ने भएकाले यसको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका छन् । टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा नेपाल पेभिलियनमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका हुन् ।

    ‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स’ विषयक साइड इभेन्टमा मन्त्री खनालले हिन्दूकुश हिमाली क्षेत्रको संरक्षण र सुदृढीकरणमा जोड दिए । उनले जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद् तथा वातावरणीय असरले सीमाना नचिन्ने उल्लेख गर्दै साझा चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय ऐक्यबद्धता बलियो बनाउनुपर्ने बताए । पृथ्वीको पारिस्थितिक प्रणालीको स्वास्थ्य र मानवताको साझा हित संरक्षणका लागि बहुसरोकारवाला साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images