images
images
  • नयाँ सरकार गठनसँगै सेयर बजारको उकालो छलाङ्, ५७ अंक वृद्धि

    काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चितसँगै सेयर बजारले हरियो झण्डासहित स्वागत गरेको छ ।

    सोमबार बिहानैदेखि उकालो लागेको नेप्से परिसूचकमा ५६.८६ अंकले वृद्धि भइ १९२४.०७ विन्दुमा पुगेर रोकिएको छ । एमालेका उपाध्यक्ष पौडेललाई अर्थमन्त्रीका रुपमा नियुक्त गर्दैगर्दा यसअघि पनि बजारले सकारात्मक प्रतिक्रिया दिने गरेको थियो । आज ३.०५ प्रतिशतले बजार बढेको हो ।

    साथैै, २५० कम्पनीको कारोबारमा ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच भएको र २ अर्ब ९ करोड ७० लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।

    नेपाल दुर सञ्चार कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । हिमालय डिस्टिलरी ११ करोडभन्दा बढीको कारोबार भएको छ ।

    गुर्खाज फाइनान्स १० प्रतिशतले मूल्य वृद्धि भएको र धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनशील लघुवित्तको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

    आज १३ वटा उपसुचकहरूमध्ये अन्य सुचकमा २.२९ प्रतिशतले ओरालो लागेका छ । बाँकी सबै उपसुचकहरूमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्सको ६.५२ प्रतिशत, हाइड्रो पावरको ५.१६ प्रतिशत, विकास बैंक र इन्भेष्टमेन्टको ४ प्रतिशत बढीले वृद्धि भएको छ । बैंकिङ, निर्जीवन बिमा र ट्रेडिङको ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

    बाँकी अन्य उपसुचकमा २ प्रतिशतभन्दा बढीले वृद्धि भएको नेप्सेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images