images
images
  • विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, एमालेबाट यी ४ जना बन्दै मन्त्री

    काठमाडौं- नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलसहित ५ जना सरकारमा जाने भएका छन् । उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाँदैछन् ।

    यस्तै दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ । उनीहरूको सम्भवतः आजै शपथ ग्रहण हुनेछ ।

    केही बेरपछि नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैछन् ।

    राष्ट्रपति कार्यालय शितल निवासमा हुने शपथ कार्यक्रममा सत्ता गठबन्धनबाट सिफारिसमा परेका अन्य उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शपथ दिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images