images
images
  • १ अर्ब ३६ करोडको कारोबार हुदाँ, नेप्से दोहोरो अंकले बढ्यो

    काठमाडौं – साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १६.९७ अंक (०.९० प्रतिशत) ले वृद्धि भएर १९०२.२८ अंकमा बन्द भएको छ । गत सोमबारदेखि लगातार चार कारोबार दिन घटेको नेप्से पाँचौ दिनमा आएर भने दोहोरो अंकले बढेको हो ।

    बैंकिङ बोहक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको छ । बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ उपसूचक ०.५८ प्रतिशतले गिरावट भएको छ । राष्ट्र बैंकले बैंकहरुले लिने निक्षेप र कर्जाबीचको औसत ब्याजदर अन्तरमा कडाइ गर्नुको साथै गत आर्थिक वर्षमा बैंकहरुले सम्भावित कर्जा नोक्सानीको व्यवस्थामा गरेको कडाइले अपेक्षाकृत लाभांश नपाउँदा बैंकका लगानीकर्ता निराश बनेका छन् । कोभिड-१९ को समयमा भन्दा बैंकहरुको लाभांश घटेका कारण पनि बैंकको सेयरमा लगानीकर्ताको आकर्षण घट्दा बैंकिङ उपसूचक नै गिरावट भएको छ ।

    नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आइतबार १ अर्ब १० करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम बढेको छ । सोमबार ४४ लाख ७० हजार ६२५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ६० लाख १० हजारको कारोबार भएको छ । सोमबार कारोबार भएकामध्ये नबिल बैंकको २१ करोड ३२ लाख ४२ हजारको कारोबार हुँदा कुमारी बैंकको संस्थापक सेयर १० करोड ९८ लाख ७८ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको ६ करोड २१ लाख ७७ हजारको कारोबार भएको छ ।

    सोमबार नेप्सेमा कुल २०६ कम्पनीको सेयर कारोबार हुँदा १५८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । त्यस्तै ४१ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ७ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये समिट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट लाग्दा नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य ७।४६ प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images