धनुषा – धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) का जुलीकुमारी महतो निर्वाचित भएका छन् । उनले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झा भन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गरेका छन् भने लोसपा नेता झाले २३ हजार छ सय ८६ मत प्राप्त गरेका छन्। महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गरेका हुन्। दुईपटक समानुपातिक सांसद हँुदै मन्त्रीसमेत बनेका थिए । यससँगै धनुषाको चारमध्ये दुई सिटको मत परिणाम आउँदा एक कांग्रेस र एक एमालेको भागमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















