दोलखा – सत्तारुढ गठबन्धनबाट दोलखाको प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका माओवादी केन्द्रका नेता गंगा कार्की फरार अभियुक्तको सूचीमा रहेको तथ्य फेला परेको छ ।
सरकारी धनमाल लुटपाट गरेको अभियोगमा प्रहरीले कार्कीलाई फरार सूचीमा राख्दै पक्राउ पूर्जी जारी गरेको थियो । दोलखा सदरमुकाम चरिकोट स्थित सडक विभाग कार्यालयबाट ठुलो मात्रामा डिटोनेटर, फ्यूज र जिलेटिन लुटपाट गरेको अभियोगमा उनी बिरुद्ध ०७६ मै पक्राउ पूर्जी जारी भएको प्रहरीको रेकर्डमा देखिएको छ ।
तीन वर्षअघि नै पक्राउ पूर्जी जारी भएपनि शक्तिकेन्द्रको आडमा कार्की पक्राउ नपरेका हुन् । प्रहरीको वान्टेड सूचीमा रहेका कार्की भने मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा चुनावी अभियानमा ब्यस्त छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















