काठमाडौँ । राजधानीको चन्द्रागिरि नगरपालिकामा पर्ने पुरानो नैकाप कंकालीमा बनाइरहेको ढुंगाको वाल भत्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
घटनामा अन्य दुई जना गम्भीर घाइते भएको काठमाडौँ प्रहरीले जानकारी दिए।
मृत्यु हुनेमा उदयपुर बेलुवा–८ कि ३५ वर्षीया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिकाका– ९ का २० वर्षीय टेकबहादुर छेपाङ रहेका छन्।
उदयपुरको कटारीका २१ वर्षका मिलन तामाङ र धादिङको गल्छीका १८ वर्षीय हरि घले घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















