काठमाडौं-नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाही ४ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन् ।
महामन्त्री थापा यसअघि काठमाडौं ४ बाट चुनाव लड्दै आएका थिए । पाँच दलीय गठबन्धनले गगनलाई काठमाडौं ४ बाट चुनाव लड्नका लागि छाडेको भए पनि पछिल्लो समय बनेको समीकरणअनुसार उनी सर्लाही ४ बाट चुनाव लड्ने भएका हुन् । सर्लाही ४ बाट गगनलाई एकल सिफारिस भएका थिए । उनले काठमाडौं ४ बाट पनि चुनाव लड्ने तयारी तीव्र बनाएका थिए । तर कांग्रेसको उच्च स्रोतका अनुसार उनले सर्लाही ४ नै रोजेका हुन् ।
सर्लाहीका सभापतिदेखि नेता कार्यकर्ताले पटक पटक गगनको घरमा आएर समग्र मधेस बनाउने जिम्मा तपाईको भन्दै आग्रह गरेपछि ती नेता कार्यकर्ताको आग्रह टार्न नसकेपछि उनले सर्लाहीबाटै उम्मेदवारी दिने भएका हुन् ।
महामन्त्री गगनलाई सर्लाही आफ्नो घरजस्तो भएकाले चुनाव लड्ने सर्लाही आउने लागेकाे सर्लाही कांग्रेसका एक नेताले बताए ।





















