images
images
  • नवौं राष्ट्रिय खेलकुदः एनआरएनए स्पोर्ट्स एकेडेमीको क्रिकेट टोली सेमिफाइनल प्रवेश

    काठमाडौं-एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदुरपश्चिम प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार नेपाल एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीचको खेल रद्द भएसँगै समूह ‘बी’ बाट अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो ।

    मुलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि एपीएफ र सुदुरपश्चिमबीचको खेल टस समेत नभई रद्द भएको हो । खेल रद्द भएपछि दुबै टोलीले एक एक अंक बाडेका छन् । यस खेलसँगै एपीएफको लगातार चार खेल रद्द भएको छ । सुदुरपश्चिमको भने दोस्रो खेल रद्द भएको हो । उसले एक खेलमा भने जित हासिल गरेको थियो। एक खेलमा भने पराजय भोगेको थियो ।

    एपीएफ ४ खेल खेल्दै ४ अंक जोडेर तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।सुदुरपश्चिमले ४ खेलमा ४ अंक जोडेको छ । सुदुरपश्चिमस समूहको दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको छ । एनआरएनएले ५ अंक जोडेर समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।प्रतियोगिताको दाबेदार मानिएको बागमती प्रदेश भने एक खेल पनि नखेली ४ अंक जोडेर बाहिरिएको छ ।

    गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो । प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएन स्पोर्टस एकेडेमीको टोली गरी ११ टोलीको सहभागीता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images