जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले सामूहिक राजीनामा बुझाएका छन्।
प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै बुधबार उनीहरूले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन्। ‘विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पुष्ठभूमिमा हामी सेवा दिन असमर्थन छौं,’ उनीहरूले राजीनामा पत्रमा लेखेका छन्।
गत भदौ २ गते उपचारमा लापरबाही गरेको भन्दै प्रतिष्ठानको आकस्मिक कक्षमा ‘ड्युटी’ मा रहेका डाक्टर करण साहमाथि प्रतिष्ठानमा कार्यरत कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेको घटनालाई लिएर जिल्ला अदालत जुम्लाले डाक्टर साहमाथि पक्राउ पुर्जी जारी गरेपछि स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका हुन्।
उक्त घटनालाई अतिरञ्जित बनाउन खोजिएको भन्दै मंगलबार चिकित्सकहरुले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका थिए।
केही दिनअघि प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा.करण शाहमाथि केही व्यक्तिले दुर्व्यवहार गरेका थिए। त्यसको विरुद्धमा कर्मचारी आन्दोलित बनेका हुन्।
डाक्टर साहमाथि जारी भएको पक्राउ पुर्जी फिर्तासहित स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग उनीहरुको छ।



विश्व खबर 



















