images
images
  • नेप्सेमा २१ अंकको गिरावट, कारोबार रकम बृद्धि

    काठमाडौं- नेपाल स्टक एक्सचेञ्जमा म‌ंगलबार २१.२२ अंकले ओरालो लागेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से अन्तिम समयसम्ममा घट्दै २१ अंकमा बन्द भएको छ । यससँगै, नेप्से परिसूचक १९ सय ५१ अंकमा बन्द भएको छ।

    यस्तै, सेन्सेटिभ समूहमा ३।८९ अंकको ओरालो लाग्दै ३७९।०५ अंकमा आइपुगेको छ । नेप्सेमा १ अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता सेयर किनबेच भएको छ ।

    नेप्से घटे पनि म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ । यो समूह ०।०६ अंकले बढेको छ भने यो बाहेक अन्य कुनै पनि समूहमा सुधार आएको छैन ।

    घटेकामध्ये निर्जीवन बिमा कम्पनी समूह १४७ अंकले घटेको छ । यस्तै, जीवन बीमा समूह ८५ अंकले घटेको छ । विकास बैंक समूह ६४ अंकले घटेको छ भने लघवित्त समूह ५२ अंकले घटेको छ ।

    जलविद्युत समूह ४६ अंकले घट्दा वित्त समूह ३५ अंकले घटेको छ । सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images