काठमाडौं– नेपाली डाक्टर विशाल ज्ञवाली विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को विशेषज्ञ सल्लाहकार नियुक्त भएका छन् ।
डा.ज्ञवालीलाई औषधि मूल्यांकन कमिटीको विशेषज्ञ सल्लाहकार प्यालनको सदस्यमा नियुक्त गरेको विश्व स्वास्थ्य संगठनले ज्ञवालीलाई पठाएको पत्रमा उल्लेख छ ।
नेपाल सरकारसँगको परामर्शमा डा. ज्ञवालीलाई ४ वर्षका लागि जिम्मेवारी दिइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
आफूलाई विश्वास गरेकोमा डब्लुएचओप्रति डा. ज्ञवालीले आभार प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















