images
images
  • दोलखामा ढुंगा खसेर लाग्दा एक युवकको मृत्यु, एक जना घाइते

    दोलखा- दोलखाको गौरीशंकर गाउँपालिका– ५ खानीगाउँमा निमार्णाधीन सासा हाईड्रोको विद्युत् गृह जाने क्रममा माथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ ।

    अर्का एकजना घाइते भएका छन् । शुक्रबार बिहान २ बजेतिर मेसिनमा चढेर सुरुङभित्र प्रवेश गर्ने क्रममा ढुंगा खसेर लाग्दा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ का २२ वर्षीय पेम्बाछिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ ।

    यस्तै ढुंगा लागेर सोलुखुम्बु खुम्बुपासाङ गाउँपालिका–१ का २० वर्षीय फुर्वा ग्याल्जेन शेर्पा घाइते भएका छन् । उनको सिंगटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सासा हाईड्रोमा कार्यरत उनीहरु दुवैजना मेसिन चढेर सुरुङमा प्रवेश गर्ने क्रममा माथिल्लो क्षेत्रबाट ढुंगा खसेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images