कैलाली– कैलालीमा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीय गिता शाहीको रहेकीछन् ।
निसर्ग अस्पतालमा उपचाररत कार्डियोप्लमोनरि अरेष्टबाट निसर्ग अस्पतालमा उपचाररत शाहीमा डेंगुको पनि लक्षण देखिएको थियो । उनको मंगलबार बिहान अस्पतालमा उपचारकै क्रममा मृत्यु भए पनि बुधबारमात्र पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।
साउन महिनायता कैलालीसहित देशभरका ७० जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । हालसम्म देशभरी पुसदेखि आइतबारसम्म दुई हजार पाँच सय ३९ जनामा डेंगु पुष्टि भएको छ ।
डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन र संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















