images
images
  • ‘सेफ हाउस’ खोलेर एक दर्शकदेखी रमाएकी सिर्जना !

    आवाज नेपाल दोलखाले दोलखा सदरमुकाम चरिकोटमा विगत लामो समयदेखि सेफ हाउस ९आश्रय स्थल० सञ्चालन गर्दे आएको छ । जहाँ हिंसा प्रभावित महिला तथा बालबालिकाको संरक्षण, परामर्श शिक्षा लगाएतको क्षेत्रमा काम गरिन्छ । खासगरी समस्यामा परेका, घरवारविहिन एकल महिला, जबरजस्तीकरणीमा परेका, अभिभावक विहिन बालबालिकाले आश्रय लिएर बस्दै आएका छन्, भने कानूनी उपचारमा सहजीकरण गर्नुका साथै उचित परामर्श समेत दिने गरिन्छ ।

    सहयोगी मनहरुले गर्ने सहयोगबाट चलेको यो सेफ हाउसको ब्यवस्थित भवन, पर्याप्त स्रोतसाधन नहुँदा र आर्थिक अभावका कारण समस्यामाा परेको आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीले बताइन् । हिंसा पीडित महिला तथा बालबालिकाको एकमात्र आश्रय स्थल आर्थिक अभावका कारण समस्यामा परेको छ । हिंसा पीडित तथा असहायहरुको पुनस्र्थापनाका लागि सुरक्षित आवास गृह समेत सञ्चालन गरेर पालनपोषण, शिक्षादीक्षा र अधिकारका लागि काम गरिरहेकी कार्कीले सहयोग गर्न अनुरोध समेत गर्छिन् ।

    अहिले पनि आवाज नेपालमा नियमित रुपमा २७ जना हिंसा प्रभावित एवं जोखिममा परेका महिला तथा बालबालिका रहेका छन् । १६ जना बालबालिका र बाँकि हिंसा प्रभावित महिलाहरुले आश्रय लिदै आएका छन् । त्यसमध्ये १२ जनालाइ त अहिले नियमित रुपमा विद्यालय जाने ब्यवस्था पनि गरिएको छ भने २ जनालाई खुल्लाबाट एसइइको लागि तयारी गराइदै गरेको अध्यक्ष कार्कीले बताइन् ।

    वागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का र दोलखाका पमुख जिल्ला अधिकारी भोजराज खतिवडाले छुटाछुटै समयमा उक्त सेफ हाउसको अवलोकन गर्दै सराहनीय काम गरेकोमा धयन्यवाद दिदै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

    अध्यक्ष सिर्जना कार्कीले सेफ हाउस सञ्चालनमा ल्याउनुको कारण
    वि।स। २०६९ साल असारमा दोलखा वैत्यश्वर गाउँपालिकाकी एक हिंसा प्रभावित महिला सुरक्षा खोज्दै चरिकोट आएकी थिइन् । घर फर्कन्न भन्दा पनि उनलाई बास दिन सकिएन । उनी आफ्नो र आफ्नो गर्भमा हुर्किदै गरेको शिशुको सुरक्षाका लागि चरिकोटसम्म आएकी थिइन् । जवरजस्ती मिलापत्र गरेर घर फर्काइएको केही समय नपुगी ती गर्भवती महिलासहित २ बालकको हत्या भयो । यो घटना पछि सिर्जना कार्कीलाई हिंसा प्रभावितलाई बचाउन कै लागि भएपनि सुरक्षित आवासको महशुस भयो, त्यस समयदेखि अहिलेसम्म आफ्नो समपर्ण जीवन यही काममा समर्पित गर्दे आइरहेकी छिन् । उनी भन्छिन्, त्यो बेला यस्तो नराम्रो लाग्यो कि, म केही गर्न सक्ने अवस्थामा त थिइनँ तर न्याय सम्भव होला या नहोला तर सुरक्षा दिन सके जीवन त जोगाउन सकिन्छ ।

    हत्या गरिएकी महिला र ती बालकको सम्झनामा केही साथीको सहयोग लिएर मैले आवाज नेपालसँगै स्नेह केन्द्र शुरु गरेकी हुँ । स्थापना कालदेखि अहिलेसम्म स्नेह केन्द्रले सयौँ महिला तथा बालबालिको लागि सुरक्षा प्रदान गरिसकेको छ भने सयौँ परिवारको मिलन गराइसकेको छ, हजारौलाई न्यायको लागि पहल गर्दै आएको छ । आवाज नेपालको क्षमताले नभ्याए काठमाण्डौमा रहेका विभिन्न परोपकारी संस्थामा समेत समन्वय गरेर व्यवस्थापन गर्दै आएको छ । आश्रय लिनेको संख्या दिनानुदिन बढिरहेको छ, तर उनीहरुको लालनपोषणदेखि सुरक्षा दिनका लागि आवश्यक बजेट छैन। आर्थिक ब्यवस्थापन गर्न निकै समस्या भइरहेको कार्कीको भनाइ छ ।

    यसैबीच,
    दोलखामा हिंसा पीडित महिला तथा सहारा विहिन बालबालिकाका लागि सुरक्षित आवास निर्माण गर्ने भनी भीमेश्वर नगरपालिका वडा नम्वर ३ मा रहेको साविक जिल्ला विकास समिति दोलखा तथा हालको जिल्ला समन्वय समिति दोलखाको स्वामित्वमा रहेको कित्ता नम्वर २५५८ को जग्गा जिल्ला समन्वय समितिले उपलब्ध गराएपछि सहज भएको छ । भवन निर्माणका लागि यसअघि वागमती प्रदेश सरकारले ३५ लाख रकम पठाएको र हाल एकतले भवन पनि निर्माण भएको कार्कीले बताइन् ।

    हिंसा प्रभावित महिला तथा बालबालिकाका लागि यस्तो सहयोग थप हौसला मिलेको र यसरी नै सवैको सहयोग मिले हिंसा पिडित तथा जोखिममा परेका बालबालिकाको संरक्षण गर्न र खान लाउन दिनका लागि सहज हुने हुनाले आफ्नोतर्फबाट सहयोग गर्न आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जनाका कार्कीले सवैमा आग्रह गर्छिन् । महिला अधिकारकर्मीहरुको मागलाई सम्बोधन गर्दै सन् २०१० मा प्रधानमन्त्री माधवकुमार नेपालको पहलमा सवै जिल्लामा सुरक्षित आवास बनाउने गरी नीति तथा कार्यक्रम आएको थियो । त्यही वर्ष १७ जिल्लामा सुरक्षित आवास वनाउने कार्य सम्पन्न भएको थियो भने अन्य जिल्लामा विभिन्न संघसंस्थाको पहलमा निर्माण कार्य हुदै आएका छन् ।

    अध्यक्ष कार्कीको सफलता
    दोलखाको तामाकोशी गाउँपालिका झुले निवासी कार्कीले आवाज नेपाल नामक संस्था स्थापना गरी हिंसा पीडित तथा असहायहरुको पुनस्र्थापनाका लागि सुरक्षित आवास गृह समेत सञ्चालन गरेर पालनपोषण, शिक्षादीक्षा र अधिकारका लागि काम गरिरहेकी कार्कीले विभिन्न पुरस्कार तथा सम्मान पाउन सफल भएकी छन् । ‘राष्ट्रिय आदर्श आमा पुरस्कार २०१९’ दोलखाकी अधिकारकर्मी सृजना कार्कीले पाउन सफल भएकी थिइन् । गौरादेवी ओली स्मृति प्रतिष्ठानले हिंसा पीडित महिला र बालबालिकाको क्षेत्रमा काम गरेबापत कार्कीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको थियो ।

    २१ वर्षभन्दा बढी समयदेखि आफ्नो समय र उर्जा संकटमा परेका बालबालिका, ज्येष्ठ र अपांग महिला, मानसिक स्वास्थ्य समस्याका कारण समस्यामा परेका महिला र हिंसा तथा बलात्कारको घटनापछि पीडित भएका महिला र बालबालिकाहरुको पुनस्थापना कार्यमा समर्पित भएकाले यो पुरस्कार प्रदान गरिन्छ। यसअघि एन९पीस इन्टरनेशनल अवार्डका साथै विभिन्न पुरस्कार तथा सम्मान पनि प्राप्त गरिसकेकी छन्। अविवाहित कार्की अहिले पनि आफै बालबालिकाको हेरचाहमा २४ सै घण्टा खटिने गरेको बताउँछिन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images