images
images
  • कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित, २४ बुँदे माग पूरा गर्न एक हप्ते अल्टिमेटम

    काठमाडौँ- कान्ति बाल अस्पताल विकास समितिका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

    ज्यालादारी तथा करारका कर्मचारीहरूलाई २४ घण्टाभित्र नवीकरण गर्न, स्थायी कर्मचारीहरूको सावधिक बीमा योजना तत्काल लागू गर्न, दरबन्दीका अनियमित नियुक्तिहरू खारेज गर्ने लगायतका २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

    मागहरू पुरा गर्नका लागि पुरै १ हप्ताको अल्टिमेटम दिएको छ ।

    कान्ति बाल अस्पताल विकास समिति तर्फका हामी सम्पूर्ण कर्मचारीहरूको तर्फबाट र अस्पतालमा अस्तित्वमा रहेका सम्पूर्ण युनियनहरूको समर्थन र ऐक्यबद्धतामा अस्पताल व्यवस्थापन समक्ष २४ बुँदे मागपत्र पेस गरिएको समितिले जनाएको छ ।

    समय सीमा पुरा भएको आठौँ दिन अर्थात् २१ गते मङ्गलवारका दिन बिहानै देखि निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेर चरणबद्ध सङ्घर्षका कार्यक्रमहरू अगाडि बढाउने समितिले चेतावनी दिएको छ ।

    1 2

    2 1

    3 1

    4

    प्रतिक्रिया दिनुहोस्
    images
    images