दोलखा- नेकपा एमाले जिरीको एक महिने संगठन शुद्धीकरण तथा सुदृढीकरण अभियान सम्पन्न भएको छ । २०७९ साउन ११ बाट सुरू भएको एक महिने अभियान उत्साहपूर्ण र प्रभावकारी भएको अभियानका संयोजक एवं नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले बताए ।
अभियानले पार्टीभित्रै रहेको अन्तरद्वन्द्ध सहजीकरण,पार्टीप्रति एक हुने वातावरण निर्माणसंगै पार्टीको मुख्य समस्या पहिचानमा अभियान प्रभावकारी भएको उनको भनाइ छ । अभियानले जनगुनासो सम्बोधन गर्न उच्चस्तरीय नेता र जननिर्वाचितहरूसँग छलफल गर्ने समेत योजना निमार्ण गरेको छ ।
अभियानका क्रममा नगर कमिटीको बैठक, भेला, सबै वडास्तरमा शिविर सञ्चालन, व्यवसायी, शिक्षकहरूसँग अन्तरक्रिया, महिलाहरूसँग प्रशिक्षण लगायतका कार्यक्रम सम्पन्न भएको वताइएको छ ।
कार्यक्रम अवधिमा संगठित सदस्यता नवीकरण कार्यको थालनी, पार्टीका सयौं नेता, कार्यकर्ता, किसान, महिला, शिक्षक, व्यवसायी, युवा, विद्यार्थी र सर्वसाधारणसँग जिरी र मुलुकका लागि एमालेले निर्वाह गर्नुपर्ने योगदानका विषयमा छलफल भएको नेकपा एमाले जिरी नगर कमिटिले जनाएको छ ।
अभियानमा पोलिटव्युरो सदस्य आनन्द पोखरेल, इन्चार्ज सरस्वती वस्नेत, सम्पर्क समन्वय प्रमुख श्याम वस्नेत, नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य जसमाय जिरेल, बागमती प्रदेश सदस्य लक्ष्मण गुभाजु, बागमती प्रदेश सदस्य एवं जिरीका मेयर मित्र जिरेल, पूर्वमेयर टंक जिरेल लगायतको सहभागिता रहेको थियो ।
संगठन शुद्धीकरण तथा सुदृढीकरण अभियानमा नगर इन्चार्ज गोपाल जिरेल, नेकपा एमाले नगर अध्यक्ष केशव कार्की, जिल्ला समन्वय पूर्व उपप्रमुख मनमाया जिरेल, उपमेयर कृष्णमाया बुढाथोकी, पार्टी नेता टपेन्द्र खड्का, नेताहरू रस्मिला सुनुवार जिरेल, सम्पर्क मञ्चका कल्पना वस्नेत, अमृत कार्कीको सहभागीता रहेको नगर कमिटीले जनाएको छ ।




विश्व खबर 




















